Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

ओलीको 'त्यो पर्दैन' शपथ विवाद टुङ्गियो, सर्वोच्चद्वारा सातवटै रिट खारेज

ओलीको 'त्यो पर्दैन' शपथ विवाद टुङ्गियो, सर्वोच्चद्वारा सातवटै रिट खारेज


  • 1.3K
    Shares

    ओलीको 'त्यो पर्दैन' शपथ विवाद टुङ्गियो, सर्वोच्चद्वारा सातवटै रिट खारेज
    images

    काठमाडौं । केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिँदा ‘प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांश वाचन गर्न नमानी ‘त्यो पर्दैन’ भनेर पन्छाएको विषयमा सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ ।

    वरिष्ठ अधिवक्तात्रय दिनेश त्रिपाठी, डा।चन्द्रकान्त ज्ञवाली र राजकुमार सुवाल तथा अधिवक्ताहरू नवराज अधिकारी, सन्तोष भण्डारी, लोकेन्द्रबहादुर ओली र सीता श्रेष्ठले भिन्नाभिन्नै रूपमा दिएका सात वटा रिट औचित्यहीन भएको ठहर गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले पाँच वर्षपछि खारेज गरेको हो ।

    तत्कालीन प्रधानमन्त्री ओलीले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिँदा शपथको भाषामा ‘त्यो पर्दैन’ भनेको विषय विवादमा परेको थियो । ०७८ वैशाख ३१ गते प्रधानमन्त्रीको शपथ लिने क्रममा ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने वाक्यांशलाई ‘त्यो पर्दैन’ भनेपछि सडकदेखि संसद्सम्म विरोध र आलोचना भएको थियो ।

    नेपालको संविधानको धारा ८० को शपथसम्बन्धी व्यवस्थाको अनादर भएको रिटमा जिकिर गरिएको थियो । शपथमा प्रतिज्ञा गर्दछु भन्ने विषयमा विवाद भएपछि ओलीले शपथसम्बन्धी अध्यादेश ल्याएर ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द हटाएका थिए । 

     

    प्रकाशित मिति :जेठ ३१ २०८३ आइतवार - १७:४७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij