Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने (पूर्णपाठ)

महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने (पूर्णपाठ)


  • 1.1K
    Shares

    महानगरमा भाडामा लगाएको घर अब अनिवार्य दर्ता गर्नुपर्ने (पूर्णपाठ)
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र अब भाडामा लगाएको घरजग्गा तथा अन्य संरचना र सम्पत्ति अनिवार्य दर्ता गर्नुपर्ने भएको छ ।

    काठमाडौं महानगरले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा र्यक्रममा यस्तो घोषणा गरिएको हो ।

    नीति तथा कार्यक्रमले घर बहाललाई औपचारिक प्रणालीमा समेट्न महत्त्वपूर्ण नीति लिने संकेत गरेको हो । महानगरपालिकाले एकीकृत करदाता परिचय नम्बर दिने समेत उल्लेख गरेको छ ।

    ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएका नगरवासीलाई पोषण भत्ता उपलब्ध गराउने घोषणा समेत गरिएको छ ।

    महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा महानगरलाई मानवीयताको सहर बनाउने घोषणा गरिएको छ ।

    प्रकाशित मिति :जेठ ३१ २०८३ आइतवार - १५:४९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij