Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सस्तो मूल्यमा आईफोनको विज्ञापन राखेर ठगी गर्ने दुईजना पक्राउ

सस्तो मूल्यमा आईफोनको विज्ञापन राखेर ठगी गर्ने दुईजना पक्राउ


  • 1.5K
    Shares

    सस्तो मूल्यमा आईफोनको विज्ञापन राखेर ठगी गर्ने दुईजना पक्राउ
    images

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र टिकटकमा निकै सस्तो मूल्यमा आईफोन पाइने आकर्षक विज्ञापन राखेर सर्वसाधारणलाई ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

    जिल्ला प्रहरी परिसर काठमाडौंले झापाको बिर्तामोड नगरपालिका-४ घर भई काठमाडौँ बस्ने २१ वर्षीय दिलीप तामाङ र बिर्तामोड-३ घर भई काठमाडौँ बस्ने २३ वर्षीय आशुतोष ओलीलाई पक्राउ गरेको हो ।उनीहरूले साकिर मोबाइल नामको फेसबुक अकाउन्ट बनाएर ठगी धन्दा चलाउँदै आएका थिए ।

    काठमाडौंका एक व्यक्तिले उक्त पेजमा २५६ जीबी क्षमताको आईफोन-१५ प्रो म्याक्स मात्र ६५ हजार रुपैयाँमा पाइने विज्ञापन देखेका थिए । बजार मूल्यभन्दा निकै सस्तो र मोबाइल सेट ‘नखोलिएको’ दाबी गरिएपछि उनी प्रलोभनमा परे । विज्ञापनमा सो मोबाइल पसल कपिलवस्तुको तौलिहवामा रहेको उल्लेख गरिएको थियो ।

    पीडितले सामान मगाउने प्रक्रियाबारे सोध्दा विक्रेताले भनेका थिए, हाम्रो सामान कुरियरमै गइरहेको हुन्छ, क्यूआरमा रकम पठाइदिनुहोला, भोलि बेलुकासम्म सामान पाउनुहुन्छ । ती व्यक्तिले ६५ हजार रुपैयाँ मोबाइल बैंकिङमार्फत ट्रान्सफर गरिदिए । तर, रकम प्राप्त गरेकै भोलिपल्ट सामानबारे बुझ्न खोज्दा विक्रेताले उनलाई सामाजिक सञ्जाल र फोनमा ब्लक गरिसकेका थिए । ठगिएको थाहा पाएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए ।  

     

    प्रकाशित मिति :जेठ ३१ २०८३ आइतवार - १४:४६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij