२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग सम्बन्धविच्छेद गरेको धवलशमशेर राणा समूह र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियान मिलेर नयाँ राजनीतिक पार्टी घोषणाको तयारी तीव्र पारेका छन् ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानु का संयोजक प्रसाईं र राणा समूहबिच नयाँ दल निर्माणका लागि भइरहेको पूर्व(तयारीबारे जानकारी गराउन आज आइतबार पत्रकार सम्मेलनको आयोजना गरिएको छ । धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेतानयाँ पार्टी निर्माणको गृहकार्य तीव्र गतिमा भइरहेका बेला पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि दुई पक्षबिच प्रारम्भिक समझदारी बनिसकेको छ ।
पूर्वमन्त्री समेत रहेका नेता दिलनाथ गिरीका अनुसार नयाँ पार्टीको सांगठनिक नेतृत्व धवल शमशेर राणाले गर्ने सहमति भएको छ । त्यसैगरी, अभियानका संयोजक दुर्गा प्रसाईंलाई भने पार्टीको ‘सर्वमान्य नेता’ का रूपमा अगाडि सार्ने समझदारी भएको छ ।
आगामी असारको पहिलो साताभित्र नयाँ पार्टीले औपचारिक आकार लिइसक्नेछ । राप्रपाबाट अलग भएको समूह र हिन्दु राष्ट्र एवं राजसंस्थाको एजेन्डा बोकेर सडक आन्दोलन गरिरहेको प्रसाईंको महाअभियान एक ठाउँमा उभिएर नयाँ दल घोषणा गर्न लागेपछि राजनीतिक वृत्तमा यसलाई निकै चासोका साथ हेरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij