Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अवैध रूपमा नेपाल प्रवेश गर्न खोज्ने बङ्गलादेशी नागरिक पक्राउ

अवैध रूपमा नेपाल प्रवेश गर्न खोज्ने बङ्गलादेशी नागरिक पक्राउ


  • 862
    Shares

    अवैध रूपमा नेपाल प्रवेश गर्न खोज्ने बङ्गलादेशी नागरिक पक्राउ
    images

    काठमाडौं । भारतको बाटो हुँदै गैरकानुनी रूपमा नेपाल प्रवेश गर्न खोज्ने एक जना बङ्गलादेशी नागरिकलाई झापामा प्रहरीले नियन्त्रणमा लिएको छ। बङ्गलादेशको राहादानी बोकेर अनाधिकृत रूपमा सीमा पार गरिरहेका ३३ वर्षीय एमडी सैफुल इस्लामलाई प्रहरीले पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार दिउँसो गैरीगाउँ इलाकाबाट उनलाई नियन्त्रणमा लिइएको छ। उनी भारतको पानीट्याङ्की क्षेत्र हुँदै मेची खोलाको बगरको बाटो प्रयोग गरेर अवैध रूपमा नेपालतर्फ आउँदै गरेको अवस्थामा फेला परेका थिए। सीमा क्षेत्रमा निगरानी गरिरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्दा उनले गैरकानुनी रूपमा सीमा पार गर्न लागेको खुलेको छ।

    पक्राउ परेका इस्लामको साथबाट बङ्गलादेशी राहदानी समेत बरामद भएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि काठमाडौँस्थित अध्यागमन विभाग पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिएका छन्।

     

    प्रकाशित मिति :जेठ ३१ २०८३ आइतवार - ११:०८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij