Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पशुपतिमा जोगीको हत्या आरोपमा अर्का जोगी पक्राउ

पशुपतिमा जोगीको हत्या आरोपमा अर्का जोगी पक्राउ


  • 1.8K
    Shares

    पशुपतिमा जोगीको हत्या आरोपमा अर्का जोगी पक्राउ
    images

    काठमाडौं । काठमाडौं  महानगरपालिका-८ पशुपतिस्थित १५ नम्बर शिवालयमा भएको हत्या घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काका अनुसार गत फागुन ६ गते पशुपतिको शिवालयमा संखुवासभा घर भएका सन्तोष गिरी भन्ने सन्तोष परियार मृत अवस्थामा फेला परेका थिए। घटनाको अनुसन्धान गर्दै जाँदा हत्यामा संलग्नता खुलेका धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-५ घर भएका दर्बेनाथ भन्ने सुविन रानामगर फरार रहेका थिए।

    घटनापछि फरार रहेका रानामगरलाई जिल्ला महोत्तरीको गौशाला नगरपालिका-६ बाट शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका रानामगरलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    प्रकाशित मिति :जेठ ३० २०८३ शनिवार - १३:५८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij