२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ता तथा सूचना अधिकारिको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीलाई दिइएको छ।
यसअघिका सूचना अधिकारी तथा प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीमा सरुवा भएका छन्।
त्यसपछि उक्त जिम्मेवारीमा महानिरीक्षककाे सचिवालयमा पदस्थापन भएका कार्कीलाई ल्याइएको हाे। कार्की एसएसपी हुँदा उपत्यका बाहिनीमा कार्यरत थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij