Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

यस्तो छ काभ्रे बस दुर्घटनामा घाइते १६ जनाको अवस्था (विवरणसहित)

यस्तो छ काभ्रे बस दुर्घटनामा घाइते १६ जनाको अवस्था (विवरणसहित)


  • 1.4K
    Shares

    यस्तो छ काभ्रे बस दुर्घटनामा घाइते १६ जनाको अवस्था (विवरणसहित)
    images

    काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध २ बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै ज्यान गएको छ भने १६ जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइतेहरुको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको समयमै उद्धार भएको जिल्ला समन्वय प्रमुख दीपक गौतमले बताए ।

    उद्धारका लागि समन्वय प्रमुख गौतम, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, जिल्ला प्रहरी प्रमुख रविन कार्की, सशस्त्र प्रहरी बल १५ नं हेडक्वाटरका एसपी माधव रेग्मी र जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्ट घटनास्थलमा पुगेका थिए ।

    कस्तो छ घाइतेहरूको अवस्था ?

    १) काभ्रेपलाञ्चोकको रोशी ८ बस्ने बर्ष २२ की एनिशा तामाङको हात खुट्टामा चोट, अवस्था मध्यम
    २) रोशी ६ की विष्णु डोल्मो तामाङ, निधार, नाक र पेटमा चोट, अवस्था मध्यम
    ३) रोशी ८ का नबहादुर तामाङ, टाउको अनुहारमा चोट, अवस्था मध्यम ।
    ४) रोशी ८ का चन्द्र तामाङ, निधार, हात खुट्टामा चोट, अवस्था मध्यम ।
    ५) रोशी ८ की रमिता वाइवा, अनुहार र देब्रे खुट्टामा चोट, मध्यम ।
    ६) रोशी ८ का मनबहादुर तामाङ, टाउको, अनुहार र ढाडमा चोट, मध्यम ।
    ७) रोशी ७ बस्ने डम्बरबहादुर शाह,टाउको, दाहिने हात र खुट्टामा चोट अवस्था गम्भीर ।
    ८) रोशी ८ का कृष्ण बहादुर तामाङ, टाउको, मुख र दाहिने कोखामा चोट, अवस्था मध्यम ।
    ९) जिल्ला बर्दिया बाह्र बर्दिया १२ का सुरेश बहादुर बादी, निधार, दाहिने खुट्टामा चोट, अवस्था मध्यम ।
    १०) बनेपा ३ का घोयासिंह तामाङ (चालक) दाहिने खुट्टा फ्याक्चर, दाहिने हातमा चोट, अवस्था मध्यम ।
    ११) रोशी २ की बिष्णुमाया लामा, टाउकोमा चोट, अवस्था मध्यम ।
    १२) तेमाल ८ का मनुराज तामाङ, टाउको, गर्दन, छातिमा चोट अवस्था मध्यम ।
    १३) हाल नाम थर वतन नखुलेको सुवास भन्ने अंन्दाजी ५ बर्षको बालक देब्रे खुट्टामा चोट, अवस्था मध्यम ।
    १४) नाम नखुलेको १ बर्षको बालकको टाउकोमा चोट ।
    १५) हाल नाम थर वतन नखुलेको पुरुष व्यक्ति टाउकोमा चोट, अवस्था गम्भीर ।
    १६) हाल नाम थर वतन नखुलेको बर्ष २०–२२ की महिला टाउकोमा,शरिरको विभिन्न भागमा चोट, अवस्था गम्भीर ।

    प्रकाशित मिति :जेठ २९ २०८३ शुक्रवार - १९:०३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij