२०८३ श्रावण ११ गते सोमवार
काठमाडौं । भारतले नेपालमा राजनीतिक नियुक्तिमार्फत राजदूत पठाउने भएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिन लागेको बेला भारतले अर्को राजदूत पठाउने तयारी थालेको हो ।
बंगलादेशले पनि नेपालमा राजनीतिक नियुक्तिमार्फत राजदूत पठाउने गरेको छ । नेपालले पनि भारतमा राजनीतिक नियुक्तिबाटै राजदूत पठाउने गरेको छ ।
यसअघि भारतले करियर डिप्लोम्याट अर्थात् विदेश मन्त्रालयकै कर्मचारीलाई राजदूतको रूपमा पठाउँदै आएको थियो । अब भने राजनीति नियुक्तिको आधारमा पठाउन लागेको स्रोतले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij