२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सरकारले पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेको घटनालाई गम्भीरतापूर्वक लिँदै यसबारे आवश्यक कदम चालिने बताएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यसबारे परराष्ट्र मन्त्रालयमार्फत आवश्यक कूटनीतिक पहल हुने जानकारी दिएका हुन्।
प्रवक्ता पोखरेलले सीमा रक्षाका लागि सुस्ताका स्थानीय बासिन्दाले खेल्दै आएको भूमिकाको प्रशंसा गरेका छन्। सुस्तामा बस्ने नेपाली नागरिकहरूले दशकौँदेखि भूमिको संरक्षण गर्दै हुनुहुन्छ, उहाँहरूलाई नमन गर्नैपर्छ, उनले भने, यस घटनाबारे परराष्ट्र मन्त्रालयले आवश्यक कदमहरू चाल्ने नै छ।
शुक्रबार बिहान सुस्ता गाउँपालिका–५ स्थित हतियारसहितका भारतीय एसएसबी टोली प्रवेश गरेपछि स्थानीय बासिन्दाले तत्कालै प्रतिकार गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij