Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सिंहदरबारभित्रै गुणस्तरहीन वस्तु बिक्री

सिंहदरबारभित्रै गुणस्तरहीन वस्तु बिक्री


  • 1.2K
    Shares

    सिंहदरबारभित्रै गुणस्तरहीन वस्तु बिक्री
    images

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनसहित १२ वटा व्यावसायिक फर्महरूमा अनुगमन गरी कैफियत भेटिएकालाई कारबाही गरेको छ ।

    विभागले शुक्रबार  गरेको नियमित अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गर्ने फर्महरूलाई जरिवाना र निर्देशन दिएको हो ।

    विभागका अनुसार सिंहदरबारभित्र सञ्चालित ‘जीएण्ड बी क्याफे ग्रुप’ लाई २ लाख १ हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त क्यान्टिनले गुणस्तरहीन सामान प्रयोग गरेको पाइएकाले उपभोक्ता संरक्षण ऐन बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ ।

    अनुगमनका क्रममा क्यान्टिनमा रहेका गुणस्तरहीन चनाको दाल, नेपाली बदाम र अण्डा गरी ६ हजार ५ सय ६० रुपैयाँ बराबरको सामग्री समेत नष्ट गरिएको छ ।

    भक्तपुरको चाँगुनारायणस्थित ‘जय छुमा गणेश शुद्ध खानेपानी प्रालि’ लाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुगमनका क्रममा अन्य १० वटा फर्महरूलाई भने सामान्य निर्देशन दिइएको छ ।

    capture1_MNxjMvsRA8.png

     

    प्रकाशित मिति :जेठ २९ २०८३ शुक्रवार - १७:३२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij