Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अर्थमन्त्रीको टिप्पणीप्रति प्रदीप ज्ञवालीको आपत्ति

अर्थमन्त्रीको टिप्पणीप्रति प्रदीप ज्ञवालीको आपत्ति


  • 967
    Shares

    अर्थमन्त्रीको टिप्पणीप्रति प्रदीप ज्ञवालीको आपत्ति
    images

    काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आफूमाथि उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिन आग्रह गर्दै पत्रकार र सांसदप्रति गरिएको टिप्पणीप्रति आपत्ति जनाएका छन् । 

    शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै ज्ञवालीले अर्थमन्त्री वाग्लेको आलोचना गर्ने सञ्चारमाध्यमहरूलाई ‘खोस्टा’ भन्न नमिल्ने बताएका छन्। “कतिपय सीमाहरू होलान्, तर मिडियाहरू लोकतन्त्रका पहरेदार हुन्,” उनले लेखेका छन्। 

    उनले आर्थिक विधेयकमा गरिएको परिवर्तनका कारण नै अर्थमन्त्रीमाथि प्रश्न उठेको उल्लेख गर्दै संसद्को अवमूल्यन हुने गरी ‘नीतिगत सेटिङ’ गरिएको आरोप लागेको बताए। उक्त परिवर्तनले राजस्व संरचनामा ठुलो प्रभाव पारेको र त्यसको लाभ सीमित व्यक्ति वा घरानाले पाएको उनले दाबीसमेत गरेका छन्। 

    ज्ञवालीले अर्थमन्त्रीले उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिनुको सट्टा व्यक्तिगत आरोपमा उत्रिएको टिप्पणी गरेका छन्। पत्रकारहरूलाई ‘माइक्रोसफ्ट वर्ड चलाउन नजानेका’ भन्दै उपहास गरिएको र आलोचक सांसदहरूलाई धम्कीपूर्ण शैलीमा प्रस्तुत भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्। ।

    “त्यस्तो कैफियत भएका कोही छन् भने कानुनसम्मत कारबाही गर्न कसले रोकेको छ र रु” भन्दै ज्ञवालीले लेखेका छन्, “तर यस्तो उत्तेजनाले तपाईँप्रति झन् गम्भीर प्रश्न खडा गर्छन्, होइन र ?”

     

    प्रकाशित मिति :जेठ २९ २०८३ शुक्रवार - १६:२४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij