Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू


  • 1.1K
    Shares

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
    images

    काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद्ले गरेका मुख्य तीन निर्णय सार्वजनिक गरिएका छन् ।

     शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वको कार्यदलको म्याद एक महिना थप गर्ने सरकारले निर्णय गरेको हो ।

    यस्तै, सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने रहेको छ ।  

    यस्तै अर्को मुख्य निर्णयमा लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेशकुमार धिताललाई मनोनयन गर्ने निर्णय भएको छ ।

    720030931_1538657491296140_1823353162251280948_n.png

     

    प्रकाशित मिति :जेठ २९ २०८३ शुक्रवार - १५:११:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij