२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ ।
बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेका छन् । बोर्डकी प्रवक्ता जयन्ती सत्यालले उत्तर पुस्तिका परीक्षणको काम सकिएको बताइन् ।
कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो । परीक्षामा चार लाख १८ हजार जना सहभागी भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij