Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाँदै


  • 1.0K
    Shares

    परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाँदै
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनको चारदिने औपचारिक भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो । यही जेठ ३१ गते बेइजिङतर्फ प्रस्थान गर्ने भएका छन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीकोसँग नेपाल-चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने भएका छन् । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने भएका छन्।

    मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उनले छलफल गर्ने कार्यक्रम छ ।

    परराष्ट्रमन्त्री खनाल बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुनेछन् । उनको असार ३ गते काठमाडौं फर्कने कार्यक्रम छ ।

     

    प्रकाशित मिति :जेठ २९ २०८३ शुक्रवार - १४:१५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij