Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

रास्वपा प्रदेश अधिवेशनस्थल बाहिर जेन्जी आन्दोलन दबाब समूह’ को प्रदर्शन

रास्वपा प्रदेश अधिवेशनस्थल बाहिर जेन्जी आन्दोलन दबाब समूह’ को प्रदर्शन


  • 995
    Shares

    रास्वपा प्रदेश अधिवेशनस्थल बाहिर जेन्जी आन्दोलन दबाब समूह’ को प्रदर्शन
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा सभागृहमा चलिरहँदा बाहिर भने ‘जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ ले शान्तिपूर्ण धर्ना दिएको छ। 

    अधिवेशनको व्यस्तताकै बिच सभागृहको मुख्य प्रवेशद्वार बाहिर ‘जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ ले शान्तिपूर्ण धर्ना दिएको हो। आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दाहरू फिर्ता गर्न र उनीहरूलाई न्याय दिलाउन माग गर्दै यो समूहले प्रदर्शन गरेको हो।

    धर्नामा सहभागी भएका प्रदर्शनकारीहरूले विभिन्न नारा र मागहरू लेखिएका प्लेकार्डहरू बोकेका छन्। उनीहरूले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दाहरू राजनीतिक पूर्वाग्रहका आधारमा प्रेरित भएको दाबी गरेका छन्। 

    प्रदर्शनका क्रममा उनीहरूले अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार तथा नागरिक अधिकारको सम्मान हुनुपर्ने कुरामा जोड दिएका छन्।  न्याय र मुद्दा फिर्ताको पक्षमा बुलन्द आवाज उठाउँदै उनीहरूले प्लेकार्डमार्फत आफ्ना मागहरू सार्वजनिक गरेका छन्।

     

    प्रकाशित मिति :जेठ २९ २०८३ शुक्रवार - १४:०३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij