२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । जनकपुरधाममा जेसीबीमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको मनरासिसवा नगरपालिकाको बथनाहाका ६५ वर्षीय विपिनकुमार झा रहेका छन् ।
धनुषा प्रहरीका अनुसार शुक्रबार बिहान जनकपुर डिजल सेन्टर पेट्रोल पम्पबाट तेल हालेर निस्किँदै गरेको जेसीबीमा झाले चलाएर महेन्द्रनगर तर्फबाट जनकपुर आउँदै गरेको बीआर ३० एक्यू ०२५६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका झाको साइ ट्रमा अस्पताल जनकपुरमा उपचारको क्रममा बिहान मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन् ।
जेसीबी वडा प्रहरी कार्यालय मुजेलियाको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij