Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रक्षामन्त्रीलाई संसद्‍मा बोलाउन सभामुखसँग माग

रक्षामन्त्रीलाई संसद्‍मा बोलाउन सभामुखसँग माग


  • 1.1K
    Shares

    रक्षामन्त्रीलाई संसद्‍मा बोलाउन सभामुखसँग माग
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ (राई) ले सीमा क्षेत्रमा नेपाली नागरिकमाथि भारतीय सशस्त्र सीमा बल बाट भइरहेको दुर्व्यवहार र हप्कीदप्कीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। 

    शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सीमा सुरक्षामा सरकार र नेपाली सेना उदासीन बनेको आरोप लगाएका छन्।सांसद साम्पाङले दार्चुला र सुस्ता जस्ता संवेदनशील सीमा क्षेत्रमा भारतीय बलले नेपाली नागरिकलाई धम्क्याइरहँदा देशका रक्षामन्त्री र प्रधानमन्त्री कहाँ छन् भनी कडा प्रश्न गरेका छन्।

    ‘प्रधानमन्त्रीज्यू त यहाँ आउनुहुन्न। अब रक्षामन्त्रीलाई बोलाइदिनुस्। सभामुख महोदय रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्‍यो,’ उनले भने, ‘हामी दुईचार वटा प्रश्न सोध्न चाहन्छौँ रक्षामन्त्रीलाई।’

    हाल रक्षा मन्त्रालयको कार्यभारसमेत प्रधानमन्त्री शाहले नै सम्हाल्दै आएका छन्। 

    ‘सीमा क्षेत्रमा नेपाली दाजुभाइ आफ्नो भूमिका लागि लड्दै गरेको भिडियो आएका छन्,’ साम्पाङले भने, ‘तर, सीमा क्षेत्रमा नेपाली सेना गएर बस्न नहुने कुन अप्ठ्यारोले होरु’  

    उनले सीमा सुरक्षाको लागि नेपाली सेना सम्बन्धित भूगोलमा चिहाउँनसमेत नगएको आरोप लगाएका छन्। 

     

    प्रकाशित मिति :जेठ २९ २०८३ शुक्रवार - १२:२५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij