२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संसदको अवमूल्यन गरेको भन्दै छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् ।
अर्थमन्त्री वाग्ले आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सिंगो संसदको अवमूल्यन हुनेगरी सांसदहरुलाई धम्क्याउने काम गरिएकोमा आपत्ति जनाउँदै उनले त्यसबारे छानविन गर्न संसदीय समिति गठन गर्न माग गरेका हुन् । उनले अर्थमन्त्री वाग्लेले करको दर हेरफेर गर्ने अपराध आफूले गरेको हुँ भनेर संसदको मानहानी गरेको आरोप पनि लगाएका छन् ।
नेता पुनले पुरानो र नयाँ भनेर विषयान्तर गरेर अर्थमन्त्रीले गरेको अपरोध लुकाउने काम गर्न नपाईने बताएका छन् । उनले करको दर हेरफेर अघिल्लो वर्ष पनि भएको भन्ने अर्थमन्त्री वाग्लेको भनाई उल्लेख गर्दै विगत र वर्तमान सबैको पालामा भएको उक्त विषयमा छानविन गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘अर्थमन्त्रीजीलाई हामीले शंकाको लाभ दिएका थियौ । संसदमा पनि शुन्य समय र विशेष समयमा विभिन्न कुराहरु उठेका थिए । र हिजो मात्रै सार्वजनिक लेखा समिति र हिजोकै आर्थिक विधेयकमाथिको छलफलमा अर्थमन्त्रीले जसरी छलफल दिनु भयो । त्यसमा सार्वभौम जनप्रतिनिधिमूलक संसदको अवमूल्यन भएको छ । समितिको अवमूल्यन भएको छ । धाकधम्की प्रयोग गर्ने, धम्क्याउने कोशिस भएको छ । यसमा गम्भिर आपत्ति छ सभामुख महोदय । कार्यपालिका त्यसका सदस्यहरु संसदप्रति जवाफदेही हुनुपर्छ । संसदीय समितिहरुप्रति जवाफदेही हुनुपर्दछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij