२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका-६ मा सरकारी जग्गा नापजाँच तथा खाली गराउने क्रममा डिउटीमा खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास भएको छ।
श्री ईश्वरी माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गा नापजाँच गर्ने क्रममा आक्रमण प्रयास गर्ने महिलालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसले व्यापक चर्चा पाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij