Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मा अमरेश सिंहलाई

प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मा अमरेश सिंहलाई


  • 1.3K
    Shares

    प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मा अमरेश सिंहलाई
    images

    काठमाडौं । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारका काम कारबाही अध्ययन एवं सहजीकरण गर्न विभिन्न उपसमिति गठन गरेको छ। बिहीबार सुशासन समितिका सभापति हरिक ढकालको सभापतित्वमा बसेको बैठकले उपसमितिहरू गठन गरेको हो। 

    समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवं निकायको काम कारबाही अध्ययन एवं सहजीकरण गर्न विभिन्न उपसमिति गठन गरिएको सुशासन समितिका सदस्य सचिव विशाला सापकोटाले जानकारी दिएका छन्। 

    बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयका कामकारबाही हेर्ने जिम्मेवारी डा. अमरेशकुमार सिंहलाई दिएको छ।

    गृह मन्त्रालयको सहजीकरण गर्ने दीपकराज बोहोराको संयोजकत्वमा, भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालय सहजीकरण गर्ने कमल सुवेदीको संयोजकत्वमा संवैधानिक निकायहरू (अख्तियार, निर्वाचन आयोग, लोक सेवा) आयोगको सहजीकरण गर्ने सुरेन्द्र चौधरीको संयोजकत्वमा उजुरी अध्ययन तथा सुझाव सिफारिस गर्ने श्रद्धा कुँवर क्षेत्रीको संयोजकत्वमा, कार्यविधि मस्यौदा तर्जुमा गर्ने कमल सुवेदीको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको छ । 

    बैठकले गृहमन्त्री सुधन गुरुङ र प्रहरी महानिरीक्षक दानबहादुर कार्की समेतको उपस्थितिमा लागुऔषध नियन्त्रणका विद्यमान प्रयासहरूको समीक्षा गर्न मन्त्रालयलाई एक कार्यदल गठन गरी २०८३ साउन १५ गतेभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ। 

     

     

    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - १६:१३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij