Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

बजेटले नेपालको माटो चिन्न सकेन: नेकपा सांसद दुलाल

बजेटले नेपालको माटो चिन्न सकेन: नेकपा सांसद दुलाल


  • 757
    Shares

    बजेटले नेपालको माटो चिन्न सकेन: नेकपा सांसद दुलाल
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले ल्याएको बजेटले संविधानको मर्म, नेपाली अर्थतन्त्रको यथार्थ र किसान-मजदुरको आवश्यकता सम्बोधन गर्न नसकेको बताएका छन् । 

    बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा उनले बजेटको आर्थिक दृष्टिकोण नै स्पष्ट नभएको टिप्पणी गरेका हुन् । उनले बजेटले किसान, मजदुर, बेरोजगार युवा र गरिब नागरिकको अपेक्षा सम्बोधन गर्न नसकेको दाबी गरेका छन् ।

    बाँदर आतंकका कारण किसान बाली जोगाउन नसक्ने अवस्थामा पुगेपनि बजेटले त्यस विषयलाई बेवास्ता गरेको उनको भनाई छ । उत्पादनमा आधारित कृषि अनुदान, बाली तथा पशुधन बीमा, किसान पेन्सन र बाँदर नियन्त्रण कार्यक्रम आवश्यक रहेको उनले बताएका छन् । स्वास्थ्य क्षेत्रमा पहिलो पटक उपचार सेवामा प्रत्यक्ष कर लगाइएको भन्दै उनले असन्तुष्टी जनाएका छन् ।

    अप्रत्यक्ष कर र भ्याटको भारले गरिब किसान तथा मजदुर झन् दबाबमा पर्ने उनको भनाई छ । विद्युत उपभोगमा भ्याट लगाएर सरकारले स्वदेशी ऊर्जाभन्दा ग्यासलाई सस्तो बनाएको उनले आरोप लगाएका छन् । अब नागरिकले विद्युत् प्रयोग गरून् कि ग्यास रु उनको प्रश्न छ ।

    उनले भने, अब हाम्रो विद्युतभन्दा ग्यास सस्तो भयो, अब भन्नुस् विद्युत प्रयोग गरौँ कि ग्यास रु विगतमा वैदेशिक ऋणमा चर्को विरोध गर्नुभयो, अहिले आफूले त्यो भन्दा बढी ऋणको प्रस्ताव गर्नुभयो । आफ्नै बुझाइप्रति कस्तो लाग्योरु विकासोन्मुख देशले घाटा बजेट ल्याउन सक्छ र ल्याउन पनि पर्छ । यसमा विगतमा तपाईँले जस्तै विदेशी ऋण प्रस्तावको म विरोध गर्दिनँ । आर्थिक दृष्टिकोण स्पष्ट नहुँदा बजेटले नेपालको संविधान चिनेन, माटो चिन्न सकेन, नेपाली अर्थतन्त्रको जरा बुझेन, किसान मजदुर बेरोजगार युवाको मर्म बुझ्न सकेन ।’  

    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - १६:०१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij