२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बिहिबार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ८.१४ अंकले घटेर २,७२८ को विन्दुमा कायम भएको छ ।
आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५० कम्पनीको ९२ लाख ३१ हजार २१६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९० करोड माथिको शेयर कारोबार भएको छ ।
फाइनान्स समूह सबैभन्दा १.४५ प्रतिशत घटेको छ । व्यापार १.२३, बैंकिङ ०.२५, विकास बैंक ०.५१, हाइड्रोपावर ०.१८, लगानी ०.२२, जीवन बीमा ०.२१, माइक्रोफाइनान्स ०.२८, निर्जीवन बीमा ०.१७ र अन्य ०.९१ प्रतिशत घटेको छ । होटल तथा पर्यटन ०.४७ र उत्पादन तथा प्रशोधन ०.२६ प्रतिशत बढेको छ ।
दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । त्यस्तै बोटलर्स नेपाल बालाजुको ८.३३, अपर लोहोरेखोलाको ६.०७ तथा पिपुल्स हाइड्रोपावरको ५.३३ प्रतिशत मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै सिटी होटलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १७ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुङगल हाइड्रोको १६ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij