Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

बालेन्द्र साहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी

बालेन्द्र साहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी


  • 1.5K
    Shares

    बालेन्द्र साहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले बालेन्द्र साहजस्तो व्यक्ति मुलुकको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन् । 

    राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री साहले नेपाल–भारतबीचको सीमा समस्याको विषयमा दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनुका साथै प्रधानमन्त्रीले आम नागरिकसमक्ष माफी माग्नुपर्ने बताएका छन् । 

    उनले मुलुककोे प्रधानमन्त्रीले राष्ट्रियता र मातृभूमिसँग सम्बन्धित विषयमा गैरजिम्मेवार र आपत्तिजनक टिप्पणी गर्न नहुनेमा जोड दिएका छन् । सांसद सुवेदीले नेपालले भारतको भूमि कहाँ र कति मिचेको हो रु भन्दै अध्यक्षमार्फत प्रश्न गरेका छन् ।

    उनले भने, ‘सम्माननीय प्रधानमन्त्री बालेन्द्र साहज्यूजस्ता व्यक्ति प्रधानमन्त्री हुनु नेपाली जनताको लागि बडो ठूलो दुर्भाग्य हो । नेपालले भारतको जग्गा कहाँ, कति मिचेको छ रु नेपाली जनतालाई जानकारी गराउनुपर्छ । अध्यक्ष महोदय मात्रृभूमिसँग कुनै वस्तुको तुलना हुन सक्दैन । हरेक नेपालीको रगतमा देशक्तिपूर्ण भावना जीवन्त छ’।   

     

    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - १४:५९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij