Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सामूहिक बलात्कारका आरोपी ८ वर्षपछि पक्राउ

सामूहिक बलात्कारका आरोपी ८ वर्षपछि पक्राउ


  • 1.3K
    Shares

    सामूहिक बलात्कारका आरोपी ८ वर्षपछि पक्राउ
    images

    काठमाडौं । ‘नेपाल प्रहरीको सीआईडी हौँ’ भन्दै एक महिला माथि सामूहिक बलात्कार गरेर भागेका व्यक्तिलाई चितवन प्रहरीले ८ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका-७ बस्ने सुमन दोङ भन्ने सुमन तामाङ रहेका छन् । 

    उनलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार २०७५ साल असार ७ गते मोटरसाइकलमा आएका २ जना पुरुषले एक महिलालाई जंगलमा लगेर जबरजस्ती करणी गरेका थिए ।

    सो घटनामा संलग्न चितवन कालिका नगरपालिका-३ बस्ने पुटम थिङलाई प्रहरीले पहिले नै पक्राउ गरी अनुसन्धानपछि चितवन जिल्ला अदालतबाट अपहरण तथा जबरजस्ती करणी मुद्दामा १९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो ।

    अर्का अभियुक्त सुमन तामाङ भने फरार थिए । उनलाई खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीबाट खटिएको टोलीले यही जेठ २२ गते पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई चितवन जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।  

    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - १४:४०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij