Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

बजेटबारे ज्ञानबहादुर शाहीको टिप्पणीः अर्थमन्त्रीलाई विज्ञ भन्ने ठाउँ नै रहेन

बजेटबारे ज्ञानबहादुर शाहीको टिप्पणीः अर्थमन्त्रीलाई विज्ञ भन्ने ठाउँ नै रहेन


  • 848
    Shares

    बजेटबारे ज्ञानबहादुर शाहीको टिप्पणीः अर्थमन्त्रीलाई विज्ञ भन्ने ठाउँ नै रहेन
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले गरिव नागरिकलाई सेवा दिनेभन्दा पनि ठूलो व्यापारीहरुलाई पोस्ने गरी सरकारले बजेट ल्याएको आरोप लगाएका छन् ।

    बिहीवार प्रतिनिधि सभामा अर्थमन्त्री डा। स्वर्णिय वाग्लेले संसदमा पेश गरेको बजेटमाथिको छलफलमा भाग लिँदै उनले उक्त प्रतिक्रिया दिएका हुन्। नेता शाहीले नेपालको पूँजी समेत बाहिर लैजाने गरी बजेट ल्याएको भन्दै यस्तो बजेट ल्याउनेलाई विज्ञ भन्न नसकिने भन्दै अर्थमन्त्री वाग्लेसँग असन्तुष्टि व्यक्त गरेका छन्। 

    उनले सरकारले विरामीको उपचार खर्चमा समेत कर लगाउने नीति राखेको भन्दै आक्रोश व्यक्त गरेका छन् । रोगसँग लडिरहेका नागरिकलाई पनि कर लगाउने सरकारको नीति निर्दयी भएको नेता शाहीको भनाई थियो ।

    उनले भने,‘ यो बजेटले अव विरामीहरुलाई समेत कर लगाउने बाटो खोलेको छ । उपचारको खर्चमा कर लगाउनु भनेको निजी अस्पतालमाथि कर लगाउनु होइन । अन्तत त्यो कर उपचार गराउन गएका विरामीले तिर्नुपर्ने हुन्छ । रोगसँग लडिरहेको नागरिकबाट समेत कर उठाउने सरकारी । यो कति निर्दयी हुनसक्छ सभामुख महोदय । त्यस्तै नेपालमानै उत्पादन हुने औषधिलाई प्रोत्साहन दिनुको सट्टाआयोतित औषधिलाई सहज हुने व्यवस्था गरिएको छ । यसको प्रत्यक्ष असर नेपालको औषधि उद्योगमा पर्नेछ । आज २० देखि २५ हजार युवाले रोजगारी पाएका उद्योगहरु संकटमा पर्ने अवस्था सृजना भएको छ । झण्डै ५० भन्दा बढि ठूला औषधि उद्योगहरु बन्द हुने जोखिममा पुगेका छन । स्वदेशी उद्योगलाई संरक्षण गर्नुको सट्टा कमजोर बनाउने नीति राष्ट्रहित अनुकूल हुन सक्दैन । अर्थमन्त्रीजीले विदेशमा लगानी गर्ने वातावरण बनाउने कुरालाई सहज बनाउने कुरा गर्नु भएको छ । तर प्रश्न उठछ–नेपालबाट पूँजी बाहिर लैजाने वातावरण बनाउने कि विदेशमा नेपालीलाई नेपाल भित्र लगानी गर्न प्रोत्साहन गर्ने रु हामीलाई आवश्यक के हो भन्ने यति पनि ज्ञान अर्थमन्त्रीलाई हुँदैन भने हामीले कसरी विज्ञ भन्नसक्छौँ ?’

    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - १४:२२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij