Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बर्दियामा नक्कली सरकारी कार्यालय नै खोलेर ठगी गर्ने दम्पती पक्राउ

बर्दियामा नक्कली सरकारी कार्यालय नै खोलेर ठगी गर्ने दम्पती पक्राउ


  • 1.8K
    Shares

    बर्दियामा नक्कली सरकारी कार्यालय नै खोलेर ठगी गर्ने दम्पती पक्राउ
    images

    काठमाडौं । बर्दियामा सरकारी छाप र दस्तखत कीर्ते मात्र नभई सिंगो सरकारी कार्यालय नै नक्कली खडा गरेर ठगी गर्ने एक दम्पती पक्राउ परेका छन्। स्थानीयलाई जागिर र रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले श्रीमान् - श्रीमतीलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरूमा बर्दियाको ठाकुरबाबा नगरपालिका-३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती २३ वर्षीया कृपा चौधरी रहेका छन्।

    प्रहरीका अनुसार उनीहरूले ठाकुरबाबा नगरपालिका-३ बगनाहास्थित एक घर भाडामा लिएर ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामको नक्कली सरकारी कार्यालय सञ्चालन गरेका थिए। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत दाङको लमहीमा वास्तविक ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ व्यवस्थापन कार्यालय’ रहेको छ। 

    सोही कार्यालयको नामसँग मिल्दोजुल्दो बनाई उनीहरूले नक्कली साइनबोर्ड, लेटरप्याड र छापसमेत तयार पारेका थिए। अनुसन्धानका क्रममा उक्त दम्पतीले नक्कली कार्यालयका नाममा स्थानीय व्यक्तिहरूलाई कर्मचारीका रूपमा नियुक्ति दिएको, विभिन्न ज्यालादारी काममा लगाएको तर कसैलाई पनि ज्याला भुक्तानी नगरेको खुलेको छ।

    यति मात्र नभई, कार्यालय सञ्चालन गरिएको घरका धनीलाई समेत उनीहरूले झुक्याएर घरको तल्ला थप्न लगाएका थिए। तल्ला थपेबापतको भुक्तानी नदिएपछि पीडित घरधनीले प्रहरीमा जाहेरी दरखास्त दिएका थिए। घरधनीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले अनुसन्धान सुरु गरी दुवै जनालाई पक्राउ गरेको हो। पक्राउ परेका दम्पतीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - १४:१०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij