२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेट कार्यान्वयन हुनेमा पूर्ण आशंका व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले यो बजेटलाई ‘फुकिएको बेलुन’ को संज्ञा दिएका छन्। आफू दक्षिण एसियाली राजनीतिको विद्यार्थीसमेत रहेको उल्लेख गर्दै उनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३२-३३ प्रतिशत हिस्सा ओगट्ने गरी कतै पनि बजेट नबनाइने दाबी गरेका छन्।
सरकारमाथि व्यङ्ग्य गर्दै डा. सिंहले भने, फुकिएको बजेट लामो समय टिक्दैन, त्यसैले यो बजेट कार्यान्वयन हुन्छ भन्ने मलाई रत्तिभर विश्वास छैन।
यदि यो बजेट पूर्ण रूपमा कार्यान्वयन भइदिने हो भने त भोलिपल्टै यो देश सिङ्गापुर, जापान वा दुबई बनिहाल्छ नि१ूछलफलका क्रममा आफ्नो धारणा राख्दाराख्दै तोकिएको समय सकिएर माइक स्वतः बन्द भएपछि सांसद सिंह रोष्टमबाट आफ्नो बेन्चतर्फ फर्किएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij