Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य

सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य


  • 981
    Shares

    सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्यले सांसद बोल्ने, सरकार नसुन्ने र जनता कराउने तर व्यवस्था नसुन्ने परम्परारको अन्त्य हुनुपर्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले यस्तो बताएका हुन् ।

    उनले सांसदहरुले शुन्य समयमा उठाएका विषयहरू कार्यान्वयनमा नलगेकोप्रति असन्तुष्टी जनाउँदै ‘शुन्य समय’ लाई ‘ब्ल्याक होल समय’ भन्नुपर्ने टिप्पणी गरेका छन् । उनले ब्ल्याक होलमा प्रकाशसमेत हराएझैँ संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाफदेहिता र सरकारको जिम्मेवारी हराउन नहुने बताएका छन् । 

    उनले सांसदहरूले उठाएका जनताका पीडा, प्रश्न र राष्ट्रिय मुद्दा सुन्ने, टिपोट गर्ने र कार्यान्वयन प्रक्रियामा लैजाने व्यवस्था भएमा मात्रै शुन्य समयको सार्थकता रहने बताएका छन् । शुन्य समय केवल बोल्ने औपचारिकता नभई जनताको पीडा संसदमा प्रवेश गर्ने संवैधानिक माध्यम भएकोले यसलाई अभिलेखमा मात्र सीमित नराखी तत्काल सम्बन्धित मन्त्रालयमा पठाउन र तोकिएको समयभित्र कार्यान्वयनको प्रगति विवरण सम्बन्धित सांसदलाई उपलब्ध गराउन माग गरेका छन् । 
     
    उनले भने, ‘यदी यो शुन्य समयमा हामीले बोलेका कुराहरु सुनिन्छन्, टिपिन्छन् र कार्यन्वयनको प्रक्रियामा जान्छन् भने यसलाई शुन्य समय होईन पुर्ण समय भनौँ । तर यदी जनताका पीडा, सांसदका प्रश्न र देशका मुद्दाहरु जति बोलेपनि शुन्यमा शुन्यसरी बिलाएर जाने हो भने यसको नाम शुन्य समय होइन, व्ल्याक होल समय राखौँ । ब्ल्याक होलमा प्रकाश समेत हराएझै संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाफदेहीता र सरकारको जिम्मेवारी हराउन हुँदैन । शुन्य समय केवल बोल्ने औपचारिकता होईन, यो जनताको पीडा संसदमा प्रवेश गर्ने संवैधानिक ढोका हो, तर ढोका खुलेपछि बाटो पनि हुनुपर्छ । त्यसैले शुन्य समयमा उठेका विषयहरु अभिलेखमा मात्रै सिमित नगरियोस्, ती विषयहरु तत्काल सम्बन्धित मन्त्रालयमा पठाईयोस्, निश्चित समयभित्र कार्यन्वयनको प्रगति सांसदलाई जानकारी गराईयोस् । सांसद बोल्ने सरकार नसुन्ने, जनता कराउने व्यवस्था नसुन्ने, यो परम्परा अब अन्त्य हुनुपर्छ । यो समय शुन्य होइन, जनताको आवाजको पूर्ण समय बन्नुपर्छ ।’

    बैठकमा उनले शुन्य समय जनताको आवाजको पूर्ण समय बन्नुपर्ने बताएका छन् ।

    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - १२:४०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij