Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कांग्रेस नेता आङदेम्बेको ‘मुर्दा लास’ शब्दप्रति रास्वपाको आपत्ति, रेकर्डबाट हटाउन माग

कांग्रेस नेता आङदेम्बेको ‘मुर्दा लास’ शब्दप्रति रास्वपाको आपत्ति, रेकर्डबाट हटाउन माग


  • 1.0K
    Shares

    कांग्रेस नेता आङदेम्बेको ‘मुर्दा लास’ शब्दप्रति रास्वपाको आपत्ति, रेकर्डबाट हटाउन माग
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले संसद्‌मा प्रयोग गरेको शब्दप्रति तीव्र आपत्ति जनाएको छ। 

    प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाउँदै संसद्को गरिमा घटाउने खालका अशिष्ट र अपमानजनक शब्दहरू प्रयोग नगर्न आग्रह गरेकी हुन्। प्रतिनिधि सभा नियमावलीको नियम २१ (घ) अन्तर्गत नियमापत्ति गर्दै सांसद बास्कोटाले संसद्‌भित्र अशिष्ट, अश्लील र अपमानजनक शब्द प्रयोग गर्न नपाइने व्यवस्था स्मरण गराइन्। 

    कांग्रेस नेता आङदेम्बेले प्रयोग गरेका ‘सदनको चीरहरण’, ‘मुर्दा लास’ र ‘मुर्दा शान्ति’ जस्ता शब्दहरू संसद्को मर्यादा विपरीत रहेको भन्दै उनले ती शब्दहरू संसद्को रेकर्डबाट हटाउन सभामुखसँग माग गरिन्। सत्तापक्षका सांसदहरूलाई लक्षित गरी ‘मुर्दा लास’ को संज्ञा दिइएको प्रति आक्रोश पोख्दै सांसद बास्कोटाले भनिन्, ‘हामी यहाँ मुर्दा लास बन्न आएका होइनौँ, न त मुर्दा शान्ति रोज्न आएका हौँ। हामी कुन विषयमा बोल्ने र कुनमा नबोल्ने भन्नेमा पूर्ण रूपमा सचेत र जिम्मेवार छौँ।’ 

    संसद् सत्तापक्ष वा प्रतिपक्षको मात्र नभई सम्पूर्ण नागरिकको आवाज उठाउने साझा थलो भएको उनको भनाइ थियो। 

    बास्कोटाले थपिन्, ‘हामी सदनको चीरहरण भएको हेर्न होइन, विगत ३५ वर्षदेखिको बेथितिको बोझ बोकेर नागरिकको चीरहरण भइरहेको अवस्थालाई मेटाउन संसद्‌मा आएका हौँ।’

    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - १७:१७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij