२०८३ श्रावण ११ गते सोमवार
काठमाडौं । ईश्वरी भुजेल हत्या प्रकरणमा पक्राउ परेका नेपाली ब्रो भनिने कुमार थापा मगरलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमित दिएको हो ।
उनलाई अहिले प्रहरी बालाजुमा राखेर अनुसन्धान गरिएको छ । पारिवारिक कलह र विवादले उग्र रुप लिएपछि नेपाली ब्रोले श्रीमती भुजेललाई चक्कु र रड प्रहार गरेर हत्या गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij