Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

विदेशीलाई नागरिकता सिफारिस गरेको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

विदेशीलाई नागरिकता सिफारिस गरेको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ


  • 708
    Shares

    विदेशीलाई नागरिकता सिफारिस गरेको आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ
    images

    काठमाडौं । झुट्टा विवरण पेश गरी विदेशी नागरिकलाई नेपाली नागरिकता बनाएको कसूरमा दाङमा एक वडाध्यक्षसहित चार जना पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर यादव, सोही वडाका वडा सचिव राजेशकुमार कहार, तत्कालीन कार्यालय सहायक मिना चौधरी र नागरिकता लिने विदेशी नागरिक आलम जोल्हा रहेका छन्।

    प्रारम्भिक अनुसन्धानका क्रममा नागरिकता प्राप्त गर्न अयोग्य विदेशी नेपाली नागरिक आलम जोल्हालाई नागरिक दिइएको पाइएको छ।

    राजपुर गाउँपालिका-४ का सनाउल्ला जोल्हाको छोरा देखाएर आलमलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउने कार्यमा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार, सनाउल्लाहको मृत्यु भइसकेको पाइएको छ। 

    चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध नागरिकता सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - १४:५९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij