२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी तथा प्रेसको संवैधानिक हकको रक्षाका लागि नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाले सडक विभाग अगाडि धर्ना दिएको छ ।
साथै संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र निर्बाध सूचना उपभोगको सुनिश्चितताका लागि भन्दै शाखाले धर्ना दिएको हो ।
महासङ्घ काठमाडौँ शाखाले विज्ञापन र सूचना वितरणमा राज्यले विभेदकारी नीति अपनाएको भन्दै आपत्ति जनाएको छ। सरकारी निर्णयहरू स्वेच्छाचारी हुँदा सञ्चार माध्यम र पत्रकारहरू मर्कामा परेको उनीहरूको ठहर छ।





© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij