Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

निफ्राको अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त

निफ्राको अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त


  • 1.2K
    Shares

    निफ्राको अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त
    images

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। निफ्रा सञ्चालक समितिको आज बिहान बसेको बैठकले रेग्मीलाई अध्यक्ष गरेको हो। 

    उनी ग्लोबल आइएमई बैंकबाट निफ्राको सञ्चालक समितिमा प्रतिनिधि गर्छन्। रेग्मी हाल ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।

    यसअघि निफ्राको सञ्चालक र अध्यक्ष पदबाट अनुज अग्रवालले राजीनामा दिएका थिए। उनी विशाल ग्रुपबाट निफ्राको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए।

    सञ्चालक समितिको बैठकले निफ्रा रिक्त सञ्चालक पदमा भने दीपककुमार अग्रवाललाई नियुक्त गर्ने निर्णय गरेको छ।

    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - १२:०३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij