Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नक्कली प्रहरी बनेर लुटपाट गर्ने दुई जना लागुऔषधसहित पक्राउ

नक्कली प्रहरी बनेर लुटपाट गर्ने दुई जना लागुऔषधसहित पक्राउ


  • 925
    Shares

    नक्कली प्रहरी बनेर लुटपाट गर्ने दुई जना लागुऔषधसहित पक्राउ
    images

    काठमाडौं । सादा पोसाकको प्रहरी हौँ भन्दै सर्वसाधारणलाई धम्क्याएर लुटपाट गर्ने दुई जनालाई झापा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। 

    इलामको माई नगरपालिका वडा नम्बर १ सन्दुवा बस्ने ३६ वर्षीय तीर्थ गिरीलाई लुटेर फरार भएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानका अनुसार आइतबार दिउँसो झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ पिङ्की ठ्याकस्थित सडकमा दुई जना अपरिचित पुरुषले गिरीलाई रोकेका थिए। आफूहरू सादा पोसाकका प्रहरी कर्मचारी भएको बताउँदै उनीहरूले गिरीको साथमा रहेको १ थान मोबाइल, ६०० रुपैयाँ नगद, नागरिकता, स्वास्थ्य बिमाको कागजपत्र र १ थान सुनको फुली जबरजस्ती लुटेर फरार भएका थिए।

    घटना लगत्तै पीडित गिरीले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराएका थिए। सूचना पाउनासाथ काँकरभिट्टाबाट खटिएको विशेष प्रहरी टोलीले हुलियाका आधारमा लुटेराहरूको खोजी सुरु गरेको थियो। खोजी गर्ने क्रममा प्रहरीले मेचीनगर नगरपालिका वडा नम्बर ६ भानुटोल बस्ने ३३ वर्षीय प्रलाद कार्कीको घर कोठामा खानतलासी गरेको थियो। 

    कार्कीको सुत्ने कोठा चेकजाँच गर्दा लुकाएर राखिएको अवस्थामा खैरो हिरोइनजस्तो देखिने लसाइलो पदार्थ २ पोका फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको उक्त पदार्थ प्लास्टिक बाहेक १ ग्राम ९१० मिलिग्राम रहेको छ। सोही कोठाबाट पीडित गिरीको लुटिएको नागरिकता र भाँचिएको अवस्थामा १ थान सुनको फुली जस्तो देखिने धातु समेत बरामद भएको छ।

    प्रहरीले लुटपाट र लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा प्रलाद कार्की र मेचीनगर नगरपालिका वडा नम्बर ७ कञ्चनजङ्घा टोल बस्ने २२ वर्षीय विशाल बास्कोटा दुवै जनालाई नियन्त्रणमा लिएको छ।

     

    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - ११:५४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij