Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

दैलेखमा भेटियो खसेकोभन्दा बढी मत, रास्वपा कार्यालयमा तालाबन्दी

दैलेखमा भेटियो खसेकोभन्दा बढी मत, रास्वपा कार्यालयमा तालाबन्दी


  • 708
    Shares

    • images
    दैलेखमा भेटियो खसेकोभन्दा बढी मत, रास्वपा कार्यालयमा तालाबन्दी
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम अधिवेशन विवादित बनेको छ । सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित भइसकेको घोषणापछि अहिले आएर १२ मतको खोजी भइरहेको हो । 

    रास्वपा दैलेखको सभापति पदका लागि चार जना आकाङ्क्षी थिए । सर्वसम्मत रूपमा कुरा नमिलेपछि आइतबार साँझ चुनाव भएको थियो । सभापतिका एक आकाङ्क्षी प्रकाश बुढाका अनुसार मतदानमा कुल खसेको मत संख्या २४० भनिएको थियो ।

    तर सभापतिको उम्मेदवारको प्राप्त मत २४६ देखिन्छ । सभापतिमा निर्वाचित बखतबहादुर भण्डारीले ९३ मत पाएका थिए । यस्तै, अर्का उम्मेदवार प्रकाश बुढा ६९, विनी बहादुर शाहीले ४३ र मित्रराज प्याकुरेलस् ४१ मत प्राप्त गरेका छन् । 

    निर्वाचन समितिले जानकारी दिएको कुल मत संख्या र गणनाका क्रममा भेटिएको मत सङ्ख्याबिच तालमेल नमिलेको देखिन्छ, जसले निर्वाचन समितिको पारदर्शितामाथि प्रश्न उठेको छ ।

    उम्मेदवार रहेका बुढाका अनुसार, खसेको मतमा पनि ६ मत बदर भएको भनियो । ४० बाट ६ घटाएपछि २३४ हुन्छ । तर सभापति पदका उम्मेदवारले पाएको कुल मत २४६ भयो ।

    १२ मत कसरी बढी भयो भन्ने विषयमाथि छानबिन हुनुपर्ने माग उनले गरेका छन् । जिल्ला अधिवेशनका लागि अधिवक्ता लोकेन्द्र शाहीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति तोकेको थियो । 

    images
    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - ११:२१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij