२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सरकारले २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न नपाउने गरी राजपत्रमा सूचना प्रकाशित गरेको छ। सरकारले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी सूचना जारी गरेको हो।
सार्वजनिक हित र नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउने उद्देश्यले सरकारले यी महत्त्वपूर्ण क्षेत्रहरूमा कुनै पनि बहानामा आन्दोलन वा हडताल गर्न नपाइने कानुनी व्यवस्था गरेको छ।
सरकारी सूचना अनुसार डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात, प्रिन्ट वा सरकारी छापाखाना, सञ्चार सेवा, खानेपानी, पेट्रोलियम पदार्थ,अस्पताल, औषधी, फोहोरमैला, बैंक, बीमा, विद्युत्, दैनिक उपभोग्य बस्तु राहदानी लगायतका क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ।



© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij