Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

संसद्‌मा कांग्रेस सांसदद्वारा आफैँ समय तोकेर मौनधारण, सभामुखको गम्भीर आपत्ति

संसद्‌मा कांग्रेस सांसदद्वारा आफैँ समय तोकेर मौनधारण, सभामुखको गम्भीर आपत्ति


  • 624
    Shares

    संसद्‌मा कांग्रेस सांसदद्वारा आफैँ समय तोकेर मौनधारण, सभामुखको गम्भीर आपत्ति
    images

    काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आफैँ समय तोकेर मौनधारण गरेपछि संसद्‌मा नयाँ तरङ्ग पैदा भएको छ। सभामुखको अनुमति र कार्यसूची बिना नै बैठकमा मौनधारण गरिएपछि सभामुख डीपी अर्यालले त्यसप्रति गम्भीर आपत्ति जनाएका छन्।

    बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद निष्कल राईले आकस्मिक रूपमा शहीदहरूको सम्झनामा पाँच मिनेट मौनधारण गर्न आह्वान गरेका थिए। सांसद राईको उक्त आह्वान लगत्तै संसद् बैठकमा उपस्थित अन्य विपक्षी दलका सांसदहरूले पनि आसनबाट उठेर उनलाई साथ दिँदै मौनधारण सुरु गरेका थिए।

    संसद् सञ्चालनको स्थापित नियम र परम्परा विपरीत सभामुखको अनुमति बिना नै आफैँ समय निर्धारण गरी मौनधारण गरिएपछि सभामुख डीपी अर्यालले असन्तुष्टि पोखेका हुन्। सभामुख अर्यालले सांसदहरूको यस किसिमको व्यवहार र कदमले सार्वभौम संसद् र सदनको गरिमाको अपमान भएको टिप्पणी गरेका छन्।  

    संसद् बैठकका कुनै पनि प्रक्रियाहरू कार्यसूची र आसनको निर्देशन अनुसार चल्नुपर्नेमा विपक्षी सांसदहरूले आफैँ समय तोकेर मौनधारण गर्दा संसद्‌को कार्यव्यवस्थामा नै अवरोध सिर्जना भएको उनले बताएका छन्।

    प्रकाशित मिति :जेठ २६ २०८३ मंगलवार - १४:१०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij