२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित भएको छ ।
विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गरेको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनु पर्ने माग गर्दै सदन अवरोध गर्दै आएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको राजीनामा मागेको छ । आर्थिक विधेयकमा करको दर हेरफेर गरेको विषयमा राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले छानबिनको माग गर्दै छानबिन प्रक्रिया अगाडि बढाउन अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij