२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई आवश्यकता लागेको खण्डमा संसद्मा उपस्थित भएर जवाफ दिने बताएका छन् ।
मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेपछि सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै मन्त्री पोखरेलले यस्तो स्पष्ट पारेका हुन्। संसद्मा प्रधानमन्त्रीको खोजी र जवाफको प्रतीक्षा भइरहेका बेला प्रधानमन्त्रीलाई संसद्मा जान अप्ठेरो लागेको हो ? भन्ने प्रश्नमा मन्त्री पोखरेलले भने, प्रधानमन्त्रीलाई अप्ठेरो हुने भए त सुरुमै त्यहाँ जानुहुन्नथ्यो। उहाँ प्रस्तुतिमा जाँदा त हामीले सोचेजस्तो प्रश्न नै आएनन्। एकदमै कम प्रश्नहरू आए ।
उनले प्रधानमन्त्रीलाई सदनमा सम्बोधन गर्न आवश्यक लागेमा जुनसुकै बेला पनि जान सक्ने दाबी गरेका छन्।
प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको छ भनी दिएको अभिव्यक्तिलाई लिएर सांसदहरूले लगातार विरोध र स्पष्टीकरणको माग गर्दै आएका छन् । विपक्षी तथा अन्य सांसदहरूले सभामुखमार्फत प्रधानमन्त्रीको जवाफका लागि रुलिङ गर्न माग गरे पनि सभामुखले त्यसो नगर्दा लामो समयदेखि संसद्को कामकारबाही प्रभावित हुँदै आएको छ
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij