Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा सुरु, सभापति लामिछाने सहभागी नहुने

रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा सुरु, सभापति लामिछाने सहभागी नहुने


  • 827
    Shares

    रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा सुरु, सभापति लामिछाने सहभागी नहुने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट मकवानपुरको हेटौँडामा सुरु हुँदै छ । हेटौँडा-१ स्थित हिमालयन दरबार पार्टी प्यालेसमा आयोजना हुने यस अधिवेशनका लागि बागमती प्रदेशका १३ जिल्लाबाट करिब १ हजार ५०० प्रतिनिधिहरू सहभागी हुँदै छन् ।

    अधिवेशनको तयारी पूरा भइसकेको र कार्यक्रम स्थलमा नेता तथा कार्यकर्ताहरूको चहलपहल सुरु भइसकेको छ । यस अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ ।

    अधिवेशनको उद्घाटन गर्न पार्टी सभापति रवि लामिछाने आउने भन्दै यसअघि प्रचार(प्रसार गरिए पनि अन्तिम समयमा उनी सहभागी नहुने भएका छन् । प्रतिनिधि सभाको बैठक परेका कारण सभापति लामिछाने हेटौँडा आउन नसकेको रास्वपा स्रोतले जनाएको छ । 

    यद्यपि, बागमती प्रदेश सभापति अत्युत्तम लामिछाने र मकवानपुर जिल्ला सभापति सञ्जीव पाठकले भने सभापति आउनेरनआउने बारे आफूहरूलाई पक्का जानकारी नभएको भन्दै अनभिज्ञता प्रकट गरेका छन् । उद्घाटन कार्यक्रमका लागि रास्वपा केन्द्रीय समिति सदस्यहरू पुकार बम र राजीव खत्री लगायतका नेताहरू भने सोमबार नै हेटौँडा आइसकेका छन् ।

    प्रकाशित मिति :जेठ २६ २०८३ मंगलवार - ११:०८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij