Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

दुई पाङ्ग्रे सवारीमा लाग्ने करमा व्यापक कटौती, कुन मोटरसाइकलको कति घट्यो मूल्य ?

दुई पाङ्ग्रे सवारीमा लाग्ने करमा व्यापक कटौती, कुन मोटरसाइकलको कति घट्यो मूल्य ?


  • 28.1K
    Shares

    • images
    दुई पाङ्ग्रे सवारीमा लाग्ने करमा व्यापक कटौती, कुन मोटरसाइकलको कति घट्यो मूल्य  ?
    images

    सरकारले बजेटमार्फत दुई पाङ्ग्रे सवारीमा लाग्ने करको दरमा व्यापक हेरफेर गरेको छ । गत शनिबार अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएको सरकारले दुई पाङ्ग्रे सवारी साधनमा लाग्ने सडक दस्तुरमा अधिकतम १ लाख सम्मको छुटको घोषणा गरेको हो । 

    यद्यपि यो छुट भने ४ सय सिसी इन्जिन क्षमता माथिका मोटरसाइकल र विद्युतीय दुई पाङ्ग्रे सवारीमा मात्र गरिएको हो ।  बजेटले ४०१ सिसीभन्दा माथिका मोटरसाइकलमा लाग्दै आएको २ लाख सडक निर्माण दस्तुरलाई घटाएर १ लाखमा झारेको छ भने, इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीमा अधिकतम २ हजारले सडक दस्तुर घटाएको छ ।

     यसअघि चालू आर्थिक वर्षको बजेटले अधिकतम १२ हजार पुर्याएको विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको सडक दस्तुर बजेट पश्चात दुई हजार घटेर अब १० हजारमा झरेको छ । योसँगै अब नेपाली बजारमा हेब्भी मोटरसाइकल र इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर किन्नेहरूलाई थप सहज हुने भएको छ ।

    हाल सरकारले भन्सार विन्दुमा नै लिने सडक निर्माण दस्तुरमा १ लाख रुपैयाँ कम भएसँगै हेब्भी बाइकको रुपमा बिक्री हुँदै आएको मोटरसाइकलको मूल्य ह्वातै घट्ने भएको छ ।  अहिले बजारमा होन्डा, यामाहा, बेनेली, सिएफमोटो, रोयल इन्फिल्ड, बीएमडब्ल्यू, डुकाटी जस्ता ब्राण्डले विग बाइक विक्री वितरण गर्दै आएका छन् ।

    प्रकाशित मिति :जेठ १८ २०७८ मंगलवार - १९:५७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij