Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

यी हुन् बालाजु औद्योगिक क्षेत्रको भाडा नतिर्ने ७ उद्योगहरू

यी हुन् बालाजु औद्योगिक क्षेत्रको भाडा नतिर्ने ७ उद्योगहरू


  • 890
    Shares

    यी हुन् बालाजु औद्योगिक क्षेत्रको भाडा नतिर्ने ७ उद्योगहरू
    images

    काठमाडौं । विगत लामो समयदेखि औद्योगिक क्षेत्रको करोडौँ रकम बराबरको सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर भाडा र महशुल नतिर्ने ठूला उद्योगीमाथि सरकारले  कदम चालेको छ ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सात दिनभित्र बक्यौता रकम भुक्तानी नगरे कडा कदम चाल्ने तयारी गरेकी छन् । 

    औद्योगिक क्षेत्र व्यवस्था लिमिटेडले सोमबार सार्वजनिक सूचनाअनुसार बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित नेपालकै नाम चलेका बहुराष्ट्रिय कम्पनी तथा ठूला व्यापारिक घराना नै सबैभन्दा बढी बक्यौता राख्ने सूचीमा छन् । करोडौँ रुपैयाँ सरकारी बक्यौता नतिर्ने प्रमुख उद्योगको विवरण यसप्रकार रहेको छ ।

    १. गुराँस इन्जिनियर्स प्राइभेट लिमिटेड - रु तीन करोड ७३ लाख १९ हजार

    २. कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रालिको - रु तीन करोड ६९ लाख १० हजार

    ३. बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेकको - रु दुई करोड ५५ लाख ८६ हजार

    ४. बोटलर्स नेपाल लिमिटेड (कोकाकोला) जग्गा तथा पूर्वाधार बहाल - रु एक करोड ७५ लाख

    ५. बालाजु अटो वक्र्स प्रालिको - रु एक करोड ४५ लाख

    ६. नेपाल ग्यास उद्योग औद्योगिक जग्गा बहाल - रु एक करोड ३१ लाख

    ७. कन्टिनेन्ट सर्भिसेज प्राइभेट लिमिटेड - रु करिब एक करोड

    प्रकाशित मिति :जेठ २६ २०८३ मंगलवार - ०७:४५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij