Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रदेश र स्थानीय तहलाई ४ खर्ब २४ अर्ब २७ करोड वित्तीय हस्तान्तरण (सूचीसहित)

प्रदेश र स्थानीय तहलाई ४ खर्ब २४ अर्ब २७ करोड वित्तीय हस्तान्तरण (सूचीसहित)


  • 2.9K
    Shares

    प्रदेश र स्थानीय तहलाई ४ खर्ब २४ अर्ब २७ करोड वित्तीय हस्तान्तरण (सूचीसहित)
    images

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत प्रदेश र स्थानीय तहलाई कुल ४ खर्ब २४ अर्ब २७ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ। यस वर्ष वित्तीय हस्तान्तरणको आकारमा परिमार्जन गरिएको हो।

    कुल विनियोजित रकममध्ये स्थानीय तहले सबैभन्दा ठूलो हिस्सा प्राप्त गर्ने भएका छन्। स्थानीय तहका लागि ३ खर्ब १४ अर्ब ६२ करोड रुपैयाँ छुट्याइएको छ भने सातवटै प्रदेशका लागि कुल १ खर्ब ९ अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

    स्थानीय तहमध्ये गाउँपालिकाका लागि १ खर्ब ५२ अर्ब ७१ करोड, नगरपालिकाका लागि १ खर्ब ३८ अर्ब ६६ करोड, महानगरपालिकाका लागि ११ अर्ब ७३ करोड र उपमहानगरपालिकाका लागि ११ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। 

     

    प्रकाशित मिति :जेठ २५ २०८३ सोमवार - १६:५०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij