२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । आज साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २०.२७ अंकले घटेर २,७३५ को विन्दुमा कायम भएको छ ।
आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३५६ कम्पनीको ९२ लाख ३६ हजार ६७७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ ।
फाइनान्सबाहेक सबै समूहका सूचक घटेको छ । फाइनान्स ०.२६ प्रतिशत बढेको छ । अन्य, व्यापार र विकास बैंक सूचक १ प्रतिशतभन्दा धेरै घटेको छ । व्यापार १.७७, अन्य १.५०, निर्जीवन बीमा ०.८३, माइक्रोफाइनान्स ०.५२, उत्पादन तथा प्रशोधन ०.४४, जीवन बीमा ०.५४, लगानी ०.३८, हाइड्रोपावर ०.९५, होटल तथा पर्यटन ०.७१, विकास बैंक १.०३ तथा बैंकिङ ०.४५ प्रतिशत घटेको छ ।
कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १३. ११, सोपान फर्मास्युटिकल्सको ९.९८, सामुदायिक लघुवित्तको ८.८५ प्रतिशत मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी बैंक डिबेञ्चरको १७ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको १३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij