Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बैतडीमा जिप दुर्घटना हुदा दुई जना घाइते

बैतडीमा जिप दुर्घटना हुदा दुई जना घाइते


  • 897
    Shares

    बैतडीमा जिप दुर्घटना हुदा दुई जना घाइते
    images

    काठमाडौं । बैतडीमा जिप दुर्घटना हुदा दुई जना घाइते भएका छन्।

    जिल्लाको पुर्चौडीबाट सिल्लेगडातर्फ जाँदै गरेको म १ ज १३९ नम्बरको जिप दोगडाकेदार गाउँपालिका–३ कुकुडेपानीस्थित भित्री कच्ची सडकखण्डमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

    प्रहरीका अनुसार दुर्घटनामा परी जिप चालक पुर्चौडी नगरपालिका-९ तल्लादेहीका ३० वर्षीय कर्णबहादुर बोहरा र  पुर्चौडी नगरपालिका-८ की २४ वर्षीया बागमती साउद घाइते भएका छन् । घाइते मध्ये चालक बोहराको अवस्था गम्भीर रहेको छ ।

    घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन् । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :जेठ २५ २०८३ सोमवार - १५:०४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij