Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित

प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित


  • 1.5K
    Shares

    प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
    images

    काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित भएको छ । 

    विपक्षी दलहरूले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँसेर भोलिसम्मका स्थगित गरिएको हो ।

    सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै मङ्गलवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जनाएका छन् ।

    विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभा बैठकमा बोलेको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने,माग राख्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन् ।  

     

    प्रकाशित मिति :जेठ २५ २०८३ सोमवार - १४:४५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij