२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नेपाल-भारत सीमाबारे प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदमा विरोध जारी रहने बताएका छन् । सोमबार रास्वपाले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै महरले विरोध जारी रहने बताएका हुन् ।
बैठकमा रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमण र संसदमा देखिएको गतिरोध अन्त्यको विषयमा छलफल भएको उनले जानकारी दिएका छन् ।
उनले भने, अघिल्लो दिन प्रधानमन्त्रीले सीमा विवादबारे बोल्नुभयो । भोलिपल्ट सीमाको विषयमा छलफल भयो कि भएन रु त्यसमा उहाँले केही न केही भन्ने प्रयास गर्नुभयो । तर स्पष्ट जवाफ आएन’।
यसैगरी संसद्को अवरोध हटाउने विषयमा पनि कुनै सहमति नभएको बताएका छन् । यसबारे सभापति लामिछानेले पार्टीभित्र र प्रधानमन्त्रीसँग छलफल गरेर मात्र निर्णयमा पुग्न सक्ने जवाफ दिएकाले सहमत हुन नसकेको उनले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij