Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

१९ लाख ५२ हजार रुपैयाँसहित हुण्डी कारोबारी प्रहरी नियन्त्रणमा

१९ लाख ५२ हजार रुपैयाँसहित हुण्डी कारोबारी प्रहरी नियन्त्रणमा


  • 1.0K
    Shares

    १९ लाख ५२ हजार रुपैयाँसहित हुण्डी कारोबारी प्रहरी नियन्त्रणमा
    images

    काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १९ लाख ५२ हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ गरेको छ।

    रसुवा गोसाईकुण्ड-६ धुन्चे बजारमा प्रहरी टोलीले पासाङ ल्हामु राजमार्ग सडकखण्डमा स्याफ्रुवेशीबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो गाडीलाई जाँच गर्दा रसुवा गोसाईकुण्ड-३ स्थायी घर भएका ३५ वर्षीय मिङमार छिरिङ गुरूङको साथबाट रकम बरामद भएको हो।

    प्रहरी निरीक्षक राजु शाहका अनुसार बोकेको झोलाभित्र १ हजार, ५ सय र १०० रुपैयाँका १९ लाख ५२ हजार १०० रुपैयाँ फेला परेको हो। उक्त नेपाली रुपैंयासहित गुरुङलाई नियन्त्रणमा लिई हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा सम्मानित रसुवा जिल्ला अदालतबाट दिन सात ९७० को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको शाहले बताए।

    प्रकाशित मिति :जेठ २४ २०८३ आइतवार - १६:१०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij