Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपा केन्द्रीय कार्यालयमा बाराका कार्यकर्ताको विरोध प्रदर्शन

रास्वपा केन्द्रीय कार्यालयमा बाराका कार्यकर्ताको विरोध प्रदर्शन


  • 1.0K
    Shares

    रास्वपा केन्द्रीय कार्यालयमा बाराका कार्यकर्ताको विरोध प्रदर्शन
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीमा बाराको कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । पार्टीको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद उत्पन्न भएपछि पारदर्शिताको माग गर्दै कार्यकर्ताहरूले आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् । 

    आन्दोलित कार्यकर्ताका अनुसार कलैया उपमहानगरपालिकाको नगर अधिवेशनमा उमाशङ्कर रौनियार १२४ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका थिए । निर्वाचित पदाधिकारीको शपथ ग्रहणसमेत सम्पन्न भइसकेपछि पुनः निर्वाचन गराउने सूचना जारी गरिएपछि विवाद सुरु भएको उनीहरूको भनाइ छ । 

    प्रदर्शनकारीहरूले मधेस प्रदेश समितिका तर्फबाट ५० प्लस १ बहुमत नपुगेको भन्दै पुनः निर्वाचनको सूचना जारी गरिएको दाबी गरेका छन् । उनीहरूले उक्त निर्णय पार्टी विधान र लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको आरोप लगाएका छन्।

    उनीहरुले एक पटक निर्वाचन सम्पन्न भई विजयी घोषणा भइसकेपछि पुनः निर्वाचन गराउने निर्णय स्वीकार्य नहुने बताएका छन्। साथै पार्टीले सञ्चालन गरिरहेको अधिवेशन प्रक्रियामा पारदर्शिता कायम गर्नुपर्ने र विधानसम्मत निर्णय गर्नुपर्ने माग गरेका छन्।

     

    प्रकाशित मिति :जेठ २४ २०८३ आइतवार - १५:४२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij